- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ग्यास सिलिण्डर विष्फोट हुँदा जलेर गम्भीर भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्स मगाएर भारत लैजाने तयारी गरिएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीसँगै उनकी आमा ८६ वर्षीया हरिकलालाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो । बिहान बसेको चिकित्सकहरुको छलफलले थप उपचारका लागि बाहिर लैजाने सल्लाह दिएको हो ।
बुद्धनगर निवासमा गएराति ग्यास सिलिण्डर विष्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा घाइते भएका थिए । हाल उनीहरुको कीर्तिपुरको अस्पतालमा आईसीयूमा रहेर उपचार भइरहेको छ ।
चिकित्सकहरूका अनुसार सांसद भण्डारीको शरीरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको छ ।
सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन् ।
उनकी आमाको अवस्था भने गम्भीर छ ।