arrow

आईपीओ बिक्री खुला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
ipo-final.jpg

काठमाडौं । मोलुङ हाइड्रोपावरले आज बिहीबार फागुन ४ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो । 

कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। यस मध्ये १०५ अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
 
आवेदकहरुले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत सेयर भर्न सकिनेछ ।  यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ