arrow

केपी ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
prachanda-oli-2079-10-18.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान पुगेका अध्यक्ष ओली र प्रधानमन्त्रीबीच सत्तारुढ गठबन्धनमा देखिएका आशंका मेटाउने विषयमा छलफल भएको हो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चा चलिरहँदा प्रधानमन्त्री र ओलीबीच केही सातायता बाक्लै भेटवार्ता भइरहेका छन् ।

सरकार गठनताका एमालेबाट राष्ट्रपति बनाउने सहमति भएको बताइए पनि माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने निर्णय गरेको छ । जसका कारण एमाले सशंकित बन्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ