arrow

पेट्रोल र डिजेलबाट चल्ने कार बिक्रीमा युरोपियन युनियनको प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
petrol.jpeg

काठमाडौं। युरोपेली संसदले मंगलबार औपचारिक रूपमा युरोपेली युनियनभित्र सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेलबाट चल्ने कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउने कानूनलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।

जसको उद्देश्य भनेको जलवायु परिवर्तनसँग लड्नका लागि विद्युतीय कारको प्रयोगमा विस्थापित हुने हो। यो ल्यान्डमार्क नियमले सन्  २०३५ सम्ममा कार निर्माताहरूले बेच्ने नयाँ कारहरूबाट उत्सर्जन हुने कार्बनडाइअक्साइडमा सय प्रतिशतको कटौती हासिल गर्न आवश्यक हुनेछ।

यसले २७ देशहरूको ब्लकमा नयाँ जीवाश्म ईन्धनबाट चल्ने सवारीहरू बेच्न असम्भव बनाउनेछ ।

यो कानूनले २०३० बाट बिक्री हुने नयाँ कारहरुबाट उत्सर्जन हुने कार्बनडाइअक्साइडको मात्रा सन् २०२१ को तुलनामा ५५ प्रतिशत भन्दा बढी कटौती हुनुपर्ने नियमसमेत राखेको छ।

'विद्युतीय सवारी साधनको सञ्चालन लागत आन्तरिक दहन इन्जिन भएका (पेट्रोल र डिजेलबाट चल्ने) गाडीको सञ्चालन लागतभन्दा कम छ,' नयाँ नियमबारे संसदका प्रमुख वार्ताकार जान हुइटेमाले भनेका छन् ।

ईयू देशहरू गत अक्टोबरमा सांसदहरूसँग यो सम्झौतामा सहमत भएका थिए। तर अब कार्यान्वयन हुने गरी नियमहरूलाई औपचारिक रूपमा रबर स्ट्याम्प गर्न आवश्यक छ र यसका लागि आउँदो मार्चमा अन्तिम स्वीकृति हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ