arrow

पहिलो पटक खुल्यो घर बनाउन चाहिने सबै सामग्री पाइने मार्ट ‘क्षमादेवी ग्रुप’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
chhayamadevi-mart.jpg

काठमाडौं । नेपालकै पहिलो कन्स्ट्रक्सन मार्ट खडा भएको छ । उक्त मार्ट ‘क्षमादेवी ग्रुप’ को उद्घाटनसमेत गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच क्षमादेवी ग्रुपका संचालक निरञ्जनकृष्ण श्रेष्ठ र सोमानी टाइल्स डेपुटी (सुजितकुमार मोहन्टी र संजीव रंजन ) ले रिबन काटेर मार्टभित्र सोमानी स्टुडियो उद्घाटन गरेका हुन् । 

१६ हजार ४२८ वर्ग फिट क्षेत्रफलमा फैलिएको क्षमादेवी मार्टमा प्रोडक्ट (यूपीभीसी, स्यानिटरी, फ्लोरिङ, किचेन, टाइल्स मार्बल्स, होम एप्लाइन्सेस, पाइप्स) लगायत घर बनाउन आवश्यक किल्लादेखि चाबीसम्म पाइने मार्टकी सीईओ हेलेन घिमिरेले बताइन् ।

घर बनाउँदा चाहिने सम्पूर्ण बिल्डिङको सामग्री, इन्टेरियर र एक्सटेरियर सामान एकै छाना मुनि पाउनुको साथै मार्टमा प्रोडक्ट एक्सपर्टद्वारा परामर्श सेवा पनि उपलब्ध रहेको उनले बताइन् । 

मार्ट उद्घाटनको उपलक्ष्यमा कम्पनीले टिकटक कन्टेस्टको पनि शुरुआत गरेको छ । जस अन्तर्गत क्षमादेवी ग्रुपको जिंगलमा टिकटक बनाएमा पुरस्कार जित्न सकिने छ । 

जसमा पहिलो हुने एक जनालाई एक लाख, दोस्रो हुने दुई जनालाई ७५ हजार र तेस्रो हुने तीन जनालाई ५० हजार रुपैयाँ रहेको छ ।  

मार्टमा ३० बढी ब्रान्ड ३००+ प्रोडक्ट क्याटागोरी रहेको छ । घर बनाउँदा सामान किन्न विभिन्न ठाउँहरु धाउन पर्ने बाध्यता रहेको अहिलेको अवस्थामा ग्राहकको समय बचत गरी गुणस्तरीय निर्माण सामग्री एकै ठाउँमा प्रतिस्पर्धात्मक मूल्यमा अफर गर्ने मुख्य उद्धेश्य रहेको पनि मार्टले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ