arrow

स्कटल्यान्डविरुद्ध नेपाल फिल्डिङमा, च्याम्पियनलाई रोक्न मुस्किल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
nepal-cricket-2079-final.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध अहिले खेलिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको भए पनि स्कटल्यान्डको ब्याटिङ लाइनलाई ध्वस्त पार्न सकेका छैनन् । 

स्कटल्यान्डले ३४ रन जोड्दा पहिलो विकेट गुमाएको छ । कुशल मल्लले सफलता पाएका छन् । स्कटल्यान्डले आक्रामक खेलिरहेको छ ।

स्कटल्याण्ड तीन खेलअघि नै लिग–२ को च्याम्पियन बनिसकेको छ । पहिलो पटक नेपाली भूमिका लिग–२ खेलेको स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराएको थियो । 

नेपालले यसअघि नामिबियासित खेलेको पहिलो खेलको टोलीमा सामान्य परिवर्तन गरेको छ । नेपालले ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झालाई स्थान दिएको छ ।

नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेलिरहेको छ । स्कटल्यान्ड बिना दबाब मैदानमा उत्रिएको छ । अब तीन खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग–२ को विजेता बनिसकेको छ । उसले हालसम्म ३३ खेलबाट ४८ अङ्क जोडिसकेको छ । 

नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अङ्क मात्र जोडेको छ । नेपाल सात टोली सहभागी लिग–२ को छैटौँ स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ