arrow

स्कटल्यान्डलाई जित्न नेपाल २७५ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
nepal-odi-2079-11-05.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध अहिले खेलिरहेको छ । जितका लागि नेपालले २७५ रनको चुनौती पछ्याउँदै छ । 

खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै स्कटल्यान्डलाई ९ विकेटको क्षतिमा २७४ रनमा रोक्यो । माइकल लिस्कले नेपाली बलरको बलिङलाई निस्तेज पारिदिए । उनले ८५ बलमा अविजित रहँदै १०७ रन बनाए । त्यस्तै ज्याक जार्भिसले २६ रन जोडे । 

नेपालका लागि बलात्कार आरोप लागेका खेलाडी सन्दीप लामिछानेले तीन तथा कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा तीन खेलअघि नै लिग–२ को च्याम्पियन बनिसकेको स्कटल्यान्डलाई जित्न नेपाललाई सहज छैन । पहिलो पटक नेपाली भूमिका लिग–२ खेलेको स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई १० विकेटले हराएको थियो । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराएको थियो । 

नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेलिरहेको हो । स्कटल्यान्ड बिना दबाब मैदानमा उत्रिएको छ । अब तीन खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग–२ को विजेता बनिसकेको छ । उसले हालसम्म ३३ खेलबाट ४८ अङ्क जोडिसकेको छ । 

नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अङ्क मात्र जोडेको छ । नेपाल सात टोली सहभागी लिग–२ को छैटौँ स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ