arrow

बढ्दो क्रममा कोरोना संक्रमण, एकैदिन छ जना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी फेरि बढ्दो क्रममा हुन थालेको छ । पछिल्ला केही दिनदेखि संक्रमितहरु बढ्दो क्रममा रहेका छन् । 

शुक्रबार एकैदिन ६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३४६ जनामा गरिएको पीसीआर परीक्षणबाट ५ जनामा र ९५४ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १ जनामा संक्रमण देखिएको हो । 

बिहीबार ४ जनामा, बुधबार ३ जनामा र मंगलबार ४ जनामा संक्रमण देखिएको थियो । आज एक जना पनि संक्रमणमुक्त भएका छैनन् । खोप लगाएकाको विवरण मन्त्रालयले राखेको छैन । 

हाल सक्रिय संक्रमित बढेर १५ जना पुगेका छन् । विदेश जानका लागि र कार्यालयका लागि अतिआवश्यक पर्नेले मात्र परीक्षण गराएकाले पनि संक्रमित कम भएको बताइन्छ । 

तर अहिले रुघाखोकी, ज्वरो र टन्सिलका बिरामी भने ह्वात्तै बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ