arrow

प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
Khagraj Adhikari.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताएका छन् । 

सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले प्रदेश सङ्ग्रहालयलाई ऐतिहासिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री अधिकारीले सङ्ग्रहालय हाम्रो विश्वविद्यालय जस्तै भएकोले सङ्ग्रहालयमा रहेका सांस्कृतिक चिनारी, ऐतिहासिक अभिलेख, जातजातिका वेशभूषा र सामग्रीको उचित संरक्षण हुनुपर्नेमा जोड दिए ।

अवलोकनकर्तालाई प्रदेश सङ्ग्रहालयमा आकर्षित गर्न उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने उनले बताए ।

मुख्यमन्त्री अधिकारीले सङ्ग्रहालयका लागि अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गर्न प्रदेश सरकारले लगानी गर्न तयार रहेको उल्लेख गरे ।

रु एक करोड ८९ लाख ८६ हजारको लागतमा प्रशासनिक भवन निर्माण गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ