arrow

विश्वकप लिग–२ः नामिबियाविरुद्ध नेपाल फिल्डिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
nepal-namibia-2023-02-18.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबिया बीचको खेल शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुरु भएको नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । नेपालले कसिलो बलिङ गरिरहेको छ । 

हिजो नेपालले च्याम्पियन स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।  त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो। 

तीन देशबीचको श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो ।  

लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा शुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।

तर नेपालको यो सम्भावना निकै कम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ