arrow

को बन्ला कृषि विकास बैंकको सीईओ ? पाँच जनाले दिए अन्तिम अन्तर्वार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
krishi-bikash-bank.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कृषि विकास बैंकले केही दिनमै प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउँदैछ । सीईओका लागि अन्तिम पाँच जनामा छानिएका उम्मेदवारले आज प्रस्तुतीकरण र अन्तर्वार्तासमेत दिएका छन् । 

पाँच प्रतिस्पर्धीमध्ये सिभिल बैंकका पूर्व सीईओ गोबिन्द गुरुङ अगाडि रहेको स्रोतले बताएको छ । अन्य प्रतिस्पर्धीमा बैंककै निमित्त सीईओ प्रताप सुवेदी, बैंकमै दोश्रो वरीयताको जिम्मेवारी सम्हालिरहेका यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय सहकारी बैंकका सीईओ बद्री गुरागाई र नेपाल एसबीआई बैंकका महाप्रबन्धक विष्णुदेव यादव रहेका छन् ।

यिनै पाँचमध्येबाट कृषि विकास बैंकले सीईओ पाउनेछ । 

यसअघि २२ जनाको आवेदन परेकामा संचालक सुमन दाहाल नेतृत्वको छनौट समितिले पाँच जनाको नाम छनोट गरेको थियो । 

अब अन्तर्वार्ताबाट ३ जनाको नाम सीईओका लागि सिफारिस हुनेछ । संचालक समितिले ती ३ जनामध्येबाट एक जनालाई सीईओ नियुक्त गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ