arrow

मनाइँदै प्रजातन्त्र दिवस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
democracy-day.jpeg

काठमाडौं । जहानियाँ राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाइँदैछ ।

सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति बनाएरै प्रजातन्त्र दिवस मनाउँदै आएको छ । गत २४ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मूल समारोह समिति गठन गरेको थियो । जसले ७ फागनको प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने  निर्णय गरेको थियो  ।

हिजोदेखि तीन दिन दीप प्रज्ज्वलन गर्ने निर्णयसमेत भएको थियो । काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ भने विदेशी नियोगहरुमा पनि राष्ट्रिय झन्डा फहराइने गर्दै आएको छ ।

७३ औं प्रजातन्त्र दिवस मनाइरहँदा अझैसम्म सम्पूर्ण नेपालीले भने प्रजातन्त्रको अनुभूति गर्न नसकेको आवाज आइरहन्छ । समानताको समस्या हरेक क्षेत्रमा देखिइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ