arrow

गोविन्द गुरुङ कृषि विकास बैंकको सीईओमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
govinda-gurung-ceo-agricultural-bank.jpg

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए । जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए ।

सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तर्वार्ता भएको थियो । उक्त अन्तर्वार्ताबाट गुरुङ छानिएका हुन् ।

गुरुङले ४ वर्षको कार्यकालसम्म यस बैंकको सीईओ पदमा बसेर काम गर्नेछन् । उनलाई शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा गुरुङ छानिएका हुन् ।

यसअघि उनी सिभिल बैंकका सीईओ थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ