- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इन्जुरी समयको अन्तिम समयमा गोल गर्दै संघर्षपूर्ण जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले लिलमाथि ४–३ गोलको संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा खेलको ११ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाएका थिए ।
१७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । तर त्यसपछि लिलले २ गोल फर्काउँदै बराबरी गर्यो ।
खेलको २४ औं मिनेटमा बाफोडे डियाकिटेले र ५८ औं मिनेटमा जोनाथन डेभिडले गोल दिलाए । खेलको ६९ औं मिनेटमा जोनाथन बाबाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए ।
८७ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३–३ को बराबरीमा ल्याए । तर इन्जुरी समयको अन्तिम पाँचौं मिनेटमा लियोनल मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै पीएसजीलाई ४–३ को जित दिलाए ।
जितसँगै पीएसजी २४ खेलमा ५७ अंक जोडेर शीर्ष स्थानमा कायमै छ ।