arrow

प्रचण्ड र माधव नेपालबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
prachanda-madhavs.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ । 

सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच राष्ट्रपतिको निर्वाचनको विषयमा कुराकानी भएको छ । भावी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई लिएर दुई शीर्षनेताबीच कुराकानी भएको हो । 

राष्ट्रपतिमा कांग्रेस र एमालेले दाबी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच कुराकानी भएको हो । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफ्नो पार्टीको बैठक बस्नुअघि अध्यक्ष नेपाललाई भेटेका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ