arrow

राष्ट्रपतिबारे निर्णय गर्न बसेको माओवादी पदाधिकारी बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
maobadi-kendra-maoist-centre.jpg
तस्बिर – फाइल ।

काठमाडौं । महत्वका साथ हेरिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी रहेको छ । भावी राष्ट्रपतिका बारेमा राजनीतिक दलहरुबीच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको हो ।

गत १० पुसमा नेकपा एमालेलाई राष्ट्रपति दिने सर्तमा प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा सहमतीय राष्ट्रपतिको बिषय उठान गरे पछि राजनीतिक माहौल एकाएक फेरिन पुगेको मात्रै छैन एमाले–माओवादी गठबन्धनमा समेत समस्या देखा परेको छ । 

यही बेला बसिरहेको माओवादी पदाधिकारी बैठकप्रति सबैको नजर पुगेको छ । माओवादी पदाधिकारीको बैठकको यतिबेला निकै प्रतिक्षा गरिराखिएको छ ।

सो बैठक अघि सो पार्टीका महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति ‘कुनै दल विशेषको नहुने’ भन्ने धारणा राखे पछि माओवादीको स्थिति प्रकट भएको छ भने सोही विषयलाई लिएर पोखरामा अध्यक्ष प्रचण्डले १२ बुदेँ समझदारी गर्ने दलहरु एकै ठाउँमा उभिनु पर्ने बताए पछि एमालेको प्रस्तावमा राष्ट्रपति हुने भन्ने विषय झन् अन्यौल हुन पुगेको छ ।

पोखरा पार्टी कार्यक्रमा सहभागी हुन गएका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरवारस्थित कार्यालयमा भेटघाट गरेर पदाधिकारी बैठकमा गएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ