arrow

चन्द्र भण्डारीको स्वास्थ्यमा थप सुधार, यस्तो छ पछिल्लो अवस्था 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
chandra-bhandari-gulmi-1-congress-mp-2079-2022.jpg

काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद ड.। चन्द्रकान्त भण्डारीको स्वास्थ्य सामान्य उन्मुख रहेको छ । स्थानीय समयअनुसार सोमबार राति १० बजे चिकित्सकबाट काउन्सिलिङ सम्पन्न भएको भन्दै अस्पतालबाट माधव न्यौपानेले भण्डारीको अवस्था सामान्य बन्दै गएको बताएका छन् ।

उनले डा. अमोल मात्रेसँग भएको परामर्शको आधारमा तयार पारिएको रिपोर्ट भन्दै सबै कुरा सामान्य रहेको बताएका छन् । मंगलबार कल्चरको रिपोर्ट आएपछि इन्फेक्सन भए नभएको यकिन हुने पनि बताएका छन् । 

हाल कृतिम अक्सिजन  पुनः ३५ प्रतिशतमा राखिएको पनि न्यौपानेले जनाएका छन् । मंगलबार फेरि शून्यमा झारेर परीक्षण गर्ने पनि उनले जनाएका छन् । मुखको सुन्निएको सबै घटेको भन्दै अन्य जानकारी चिकित्सकबाट पाएपछि मात्र अपडेट गर्ने पनि उल्लेख गरेका छन् । यसअघि सोमबार बिहान भेन्टिलेटरबाट हटाइएको जानकारी दिएका थिए । 

यसअघि ग्यास लिक भएर आगलागीमा परी ३० प्रतिशतसम्म शरीर जलेका डा. भण्डारीलाई कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ । त्यस्तै हातको जलेको भागले पनि काम गर्न थालेको छ । दुवै खुट्टाहरुको शल्यक्रियापछिको पहिलो ड्रेसिङ्ग गरिएको छ । 

गत बुधबार राति काठमाडौंको घरमा ग्यास लिक भएर आगलागीमा परी उनी घाइते भएका थिए । उनकी आमाको भने बिहीबार बिहान निधन भएको छ । 

डा. भण्डारीलाई बिहीबार दिउँसो श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर मुम्बई लगिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ