arrow

पूर्वराजा माथि खनिए नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
Gyanendra-shaha.jpg.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहमाथि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल खनिएका छन् । ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा पूर्वराजा शाहले गणतन्त्र विरुद्ध अभिव्यक्ति दिएको भन्दै अध्यक्ष  नेपाल खनिएका हुन् ।

पूर्वराजाले गणतन्त्र विरुद्ध वक्तव्य निकलेपछि नेपालले पनि एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।उनले  राजनीतिक उपलब्धिको रक्षा गर्न सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

लोकतान्त्रिक गणतन्त्र विरुद्ध भ्रम फैलाउने उक्त वक्तव्यमा राजनीतिक दलप्रति लाञ्छना लगाउने कार्य असंवैधानिक रहेको विज्ञप्तिमा भनिएको छ ।

जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको संविधानद्वारा सामान्य नागरिक बनाएका शाहले केही दिन अगाडि झापाबाट गणतन्त्र विरोधी अभियान उद्घाटन गरेको र पटक पटक जनताको अधिकार हनन गरेको राजतन्त्रको ढाकछोप गरी गणतन्त्रविरुद्ध बोल्नु सरासर गलत भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यस्तो अभिव्यक्तिले अग्रगमन, प्रगति चाहनेलाई गम्भीर र चिन्तित बनाएको बताउँदै यस खाले गतिविधिका विरुद्ध सबै जनता एकताबद्ध भएर प्रतिवाद गर्न आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ