arrow

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
chandra-bhandari-congress.jpg
तस्बिर – फाइल ।

काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य उल्लेख्य सुधार आएको छ ।

आज बिहान स्थानीय समयअनुसार १०ः१५ बजेको अपडेटअनुसार आज पहिलो पटक दोहोरो संवाद गरेको भण्डारीका पूर्व स्वकीय एवं लेक्चरर माधव न्यौपानेले अस्पतालबाट जानकारी दिएका छन् । 

उनका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । कल्चर रिपोर्ट आज आउँदैछ। अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । त्यस्तै सुन्निएको अनुहार घटेको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ ।

यसअघि ग्यास लिक भएर आगलागीमा परी ३० प्रतिशतसम्म शरीर जलेका डा. भण्डारीलाई कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ । त्यस्तै हातको जलेको भागले पनि काम गर्न थालेको छ । 

गत बुधबार राति काठमाडौंको घरमा ग्यास लिक भएर आगलागीमा परी उनी घाइते भएका थिए । उनकी आमाको भने बिहीबार बिहान निधन भएको छ । 

डा. भण्डारीलाई बिहीबार दिउँसो श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर मुम्बई लगिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ