arrow

शुरु भयो राष्ट्रपति निर्वाचनको प्रक्रियाः आज मतदाता नामावली सार्वजनिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद अन्तरगतका प्रतिनिधि सभा र राष्ट्रिय सभा र प्रदेश सभाका सांसद मतदाता हुन्छन् । जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको सूची पठाइसकेका छन् । 

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रुपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन् ।
 
१३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ