arrow

कस्तो छ कांग्रेस नेता चन्द्र भण्डारीलाई ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
chandra-bhandari-gulmi-1-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आगलागीमा घाइते भई उपचाररत नेपाली कांगेसका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । भारतस्थित मुम्बईको नेशनल बर्नस् सेन्टरमा भण्डारीको उपचारमा संलग्न डा. अमोल मात्रेका अनुसार एन्टिबायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।

उनका अनुसार ५ लिटर अक्सिजनमा मात्र राखिने भनिएता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने पारामिटरहरु नर्मल रहेको छ । 

पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन् । ‘डाक्टरसंग परामर्श लिइरहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनी बोलाउनु भयो, यहाँ मसँग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका योगराज कडेँलले भने । 

गत हप्ता बुधबार राति शंखमुलस्थित निवासमा ग्याँस लिक हुँदा आगलागीमा परेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि श्री एयरलाइन्सको जहाज चार्टर्ड गरेर मुम्बई लगिएको थियो ।

 सो घटनामा परेर गम्भीर घाइते भएकी उनकी आमाको भने बिहीबार बिहान निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ