arrow

मुखबाटै खाना खुवाउन थालियो चन्द्र भण्डारीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
chandra-bhandari-congress.jpg
तस्बिर – फाइल ।

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीलाई मुखबाट खाना खुवाउन थालिएको छ । 

गत बुधबार राति ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । 

बुधबार बिहान १०ः५० बजेको अपडेटअनुसार उनलाई मुखबाटै खाना खुवाउन थालिएको मुम्बईमै रहेका उनका पूर्व स्वकीय एवं लेक्चरर माधव न्यौपानेले जनाएका छन् । सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् । 

उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको छ । हल्का ईन्फेक्सनको उपचार भइरहेको र ज्वरो आएको नआएको जानकारी दिएका उनले उच्च ईन्फेक्सन नहोस् भनेर अस्पतालले भेटघाट गर्न दिएको छैन । 

सांसद भण्डारीको अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको छ ।

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरमा निधन भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ