arrow

राष्ट्रपतिको निर्वाचनले नेताहरुबीच भेटघाट तीव्र, प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
prachanda-oli-baluwatar-2079-11-10.jpg

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरुबीच भेटभाट बाक्लिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ । 

राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ । 

एमालेले केही दिनअघिसम्म आफ्नै पार्टीको उम्मेदवार हुनुपर्ने बताइरहँदा आइतबार भने ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेसँगै राजनीतिक समीकरण एकाएक बदलिँदो अवस्थामा पुगेको छ । 

यसो गरेका खण्डमा माधवलाई माओवादीलेसमेत सघाउने उनको दाबी छ । त्यसो भएका खण्डमा राष्ट्रपतिमा माधवले जितेपछि पार्टी एकताका कारण एमाले पनि ठूलो दल भएपछि प्रचण्ड सरकारलाई दिएको विश्वासको मत नदिने निर्णय गर्नासाथ केपी ओली ठूलो दलको संसदीय दलको नेताको नाताले प्रधानमन्त्री हुन पाउँछन् । 

यो षड्यन्त्र बुझेसँगै प्रचण्ड पनि अलमलमा रहेका छन् । 

यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ । 


–––



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ