arrow

नेताहरुको दौडधुप, देउवासँग उपेन्द्र र माधव नेपालको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
sher-deuba-madhav-nepal.jpg

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिदै गर्दा नेताहरुको दौडधुप तीव्र भइरहेको छ । सोही क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । 

धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच राष्ट्रपतिलगायतका विषयमा छलफल भएको छ । राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई राजनीतिक सरगर्मी बढेका बेला दुई शीर्ष नेताबीच छलफल भएको हो । 

देउवालाई भेटेर धुम्बाराहीबाट अध्यक्ष यादव बाहिरिएपछि एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन्। 

पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल धुम्बाराहीस्थित देउवा निवावमा पुगेका हुन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा भेटघाट भएको र सो क्रममा पार्टी एकताको प्रस्ताव राखेको ब्रिफिङ गरेका अध्यक्ष नेपाल दुई शीर्ष नेता लिएर देउवा भेट्न पुगेका हुन् । 

एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका बेला राष्ट्रपतिको दाबेदारी गरिरहेको कांग्रेसका सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका नेता धुम्बाराही पुगेका हुन् । 

ओलीले राखेको प्रस्तावमा आफूले विश्वास गर्न नसकेको बैठकमा बताएका अध्यक्ष नेपाल देउवा भेट्न पुगेका हुन् । दलीय छलफलले तीव्रता पाइरहेका बेला देउवा निवास धुम्बाराहीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापासहितका नेताहरु बसेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ