arrow

कुकुरको मासु खाने तीनको मृत्यु

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
कम्बोडिया । विषाक्त कुकुरको मासु खाएका तीन जना कम्बोडियाली नागरिकको मृत्यु भएको छ । विषाक्त मासु खाँदा बिरामी परेका ३१ जना कम्बोडियाली नागरिकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको क्रेटी प्रान्तका प्रहरी प्रमुखले बताएका छन् ।  
एक जना वृद्ध, उनकी बुहारी र एक छिमेकीको आइतबार विहान मृत्यु भएको प्रहरी प्रमुख कङ किमीले बताए । उनीहरुको मासु खाएको केही घण्टापछि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक वृद्धले बजारबाट किनेर ल्याएको कुकुरको मासु दूषित परेपछि मासु खाने तीनै जनाको मृत्यु भएको थियो । 
 
यसैबीच मृतकहरुको अन्तेष्ठीमा उपस्थित भएका अन्य गाउँले पनि बाँकी रहेको सोही मासु खाएका र मासु खाएका कारण सहभागी सबै बिरामी परेका बताइएको छ । मासु खाएपछि शरीरमा आलस्यता तथा रिङ्गटा लागेपछि उनीहरुका आफन्तले बिरामी सबैलाई अस्पताल लगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ