arrow

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
chandra-bhandari-gulmi-1-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा गत हप्ताको बिहीबारदेखि उपचाररत डा. भण्डारीलाई सीपीएपीमार्फत नाकबाट अक्सिजन दिइएको छ । 

बुधबार राति ८ः१५ बजेको विवरणअनुसार उनी राम्रोसँग सचेत र सक्रिय रहेका छन् । आफ्नो वरपरका जो कोहीसँग धेरै कुरा गर्न चाहन्छन् । दिनभरि आफ्नो प्यारामिटरहरूको बारेमा ड्युटी नर्सहरू र डाक्टरहरूलाई सोध्ने गरेको अस्पतालबाट माधव न्यौपानेले जानकारी दिएका छन् । 

उनले मंगलबारदेखि नै मुखबाट तरल आहार खान थालेका छन् । उच्च ईन्फेक्सन नहोस् भनेर भेटघाट गर्न अस्पतालले दिएको छैन । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको ँन्यौपानेले बताएका छन् । 

गत हप्ता बुधबार राति ग्यास लिलिन्डर लिक हुँदा आगलागीमा परी गम्भीर घाइते भएका भण्डारीको बिहीबारदेखि मुम्बईमा उपचार भइरहेको हो । सो दुर्घटनामा परेकी उनकी आमाको भने गत हप्ताको बिहीबार नै निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ