arrow

माओवादी केन्द्रको गोरखा इञ्चार्जमा अमर तमु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
Amar Tamu.jpg

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इञ्चार्जमा अमर तमुलाई जिम्मेवारी तोकिएको छ ।

तमुलाई पार्टी केन्द्रले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको पार्टी जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिए । 

यसअघि जिल्ला इञ्चार्ज रहेका नेता कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित भएपछि गोरखा जिल्लामा इञ्चार्ज खाली भएको थियो । 

सभामुख धितालले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएपछि केन्द्रीय सदस्यसमेत रहेका सहइञ्चार्ज तमुलाई पार्टीले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको उनले बताए ।

विसं २०५३ मा पार्टीको पूर्णकालीन सदस्य भएर जनयुद्धमा होमिएका नेता तमु विसं २०५५ मा पार्टीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उपब्युरो सदस्य तथा पार्टीको गोरखा जिल्लाको जनसरकार प्रमुख बनेका थिए । 

विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी) को तत्कालीन क्षेत्रीय ब्युरो सदस्य बनेका उनले विसं २०६० देखि एक वर्ष कास्की जिल्लाको इञ्चार्जको जिम्मेवारी सम्हालेका थिए । 

यस्तै विसं २०६९ मा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाएका नेता तमु अहिलेसम्म पनि लगातार पार्टीको केन्द्रीय समितिमा रहेर जिम्मेवारी सम्हाल्दै आएका छन् । यसअघि पनि नेता तमुले २०७० सालदेखि ७२ सम्म गोरखा जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हालिसकेका छन् ।

विसं २०६४ भएको पहिलो ऐतिहासिक संविधानसभामा गोरखा क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य पदमा उनी निर्वाचित भएर संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । 



नयाँ