arrow

प्रचण्ड र माधवबीच सिंहदरबारमा भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
prachanda-madhavs.jpg

काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिएसँगै दलहरूका शीर्ष नेताहरुबीच भेटवार्ता बाक्लिएको छ ।  

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।  

दुवैबीच राष्ट्रपति निर्वाचन तथा सरकारमा सहभागिता लगायतका विषयमा छलफल भएको बताइएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा नेता घनश्याम भुसाल समेत  सहभागी रहेको बताइएको छ ।

आजै बिहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो ।

हिजो पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल धुम्बाराहीस्थित देउवा निवासमा पुगेका थिए ।

 प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले अध्यक्ष नेपाललाई एक वर्ष भए पनि सरकारको नेतृत्व दिने गरी मनाउन खोजिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ