एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत पाकिस्तानसँग लड्न तयार रहेको भन्दै पाकिस्तानलाई चुनौती दिएका छन् । उरी हमलापछि शनिवार पहिलो पटक जनताको नाममा सम्बोधन गर्दे प्रधानमन्त्री मोदीले पाकिस्तान लडाँइ गर्न इच्छुक रहे भारत पनि तयार रहेको जनाएका थिए ।
पाकिस्तानी जनतालाई संकेत गर्दै मोदीले भने, ‘तिमीहरुको शासकले भारतसँग लडाँइ गर्न खोजिरहेको छ । तर याद गर्नु दिल्लीमा अहिले यस्तो सरकार छ, म तिमीहरुको चुनौती स्वीकार्न तयार छु’ ।
मोदीले पाकिस्तानलाई साहस भए भारतसँग गरिबी, बेरोजगार र असाक्षरविरुद्ध लडेर देखाउन चुनौती दिए ।
१८ जना भारतीय सैनिक जवानको ज्यान जाने गरी भएको उरी हमलालाई भारतले नबिर्सिने बरु त्यसको हिसाब किताब राखिराख्ने मोदीले बताए ।
प्रष्ट पाकिस्तानको नाम नलिए पनि प्रधानमन्त्री मोदीले छिमेकी मुलुकको नाम लिँदै पाकिस्तानले विश्वमा आतंकवाद फैलाएको आरोप लगाए।