arrow

नेयमारलाई चोट, केही समय मैदान बाहिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
neymar-psg.jpg
तस्बिर – फाइल ।

काठमाडौं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले फरवार्ड ब्रजिलियन फुटबल स्टार नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको स्थानीय अस्पतालले जनाएको छ ।

पीएसजीले आइतबार लिग वानको खेलमा लिलविरुद्ध ४–३ को रोमाञ्चक जित निकाल्दा नेयमारलाई चोट लागेको थियो । सोपछि उपचार हुँदा नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको र उनले केही समय उपचार गर्नु पर्ने पिएसजीले जानकारी दिएको छ ।

दोस्रो हाफमा लिलका बेन्जामिन एन्ड्रेसँग ठोक्किँदा दाहिने एन्कलमा दबाब परेपछि उनी लडेका थिए । चोटकै कारण उनी ५१औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । 

खेलको १ ७औँ मिनेटमा नेयमारले पीएसजीका लागि दोस्रो गोल गरेका थिए । तर, नेयमार कति समय खेल बाहिर रहने हो ?त्यो भने पीएसजीले बताएको छैन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ