arrow

चीनमा खडेरीबाट करिब २ लाख ५० हजार मानिस प्रभावित

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
China_drought.jpeg
वुहान (चीन)। मध्य चीनको हुवेई प्रान्तमा खडेरीका कारण करिब दुई लाख ३७ हजार मानिसमा खानेपानीको अभाव भएको हुवेईका स्थानीय अधिकारीले बताएका छन् । 
 
सामान्यतया यहाँ पर्ने गरेको औषत वर्षाको करिब १० प्रतिशत मात्र वर्षा यस क्षेत्रमा भएको स्थानीय अधिकारीले एक प्रेस विज्ञप्ति जारी गरी शनिबार बताए । 
 
हुवेईको उत्तरपश्चिम क्षेत्रमा अवस्थित सियान र इचाङ सहरमा वर्षा नहुँदा यहाँका खानेपानीका स्रोतहरु सुकेपछि पानीको अभाव देखिएको हो । 
 
उक्त सहर र वरपरका क्षेत्रमा गरी करिब दुई लाख ३७ हजार नागरिक र करिब दुई लाख चौपायालाई खानेपानीको अभाव भएपछि प्रान्तीय सरकारले न्यूनतम तिर्खा मेट्ने प्रयासस्वरुप ट्याङ्कर र गाडीमा पानी बोकेर उक्त क्षेत्रमा पुर्‍याउन थालेको छ । 
 
यसैबीच, खडेरीका कारण एक लाख २३ हजार हेक्टर खेतीयोग्य जमिनमा लगाइएको खेती पूर्णरुपमा काम नलाग्ने भएपछि उक्त क्षेत्रले यसवर्ष खाद्यान्न सङ्कटको समेत सामना गर्नुपर्ने देखिएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ