arrow

उपराष्ट्रपति जसपाले लिने गरी उपेन्द्र बढे अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताएका छन् ।  

आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका शीर्षनेतासँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक देखिएको जानकारी दिए ।

उनले भने, “जबसम्म अहिलेको सरकार साझेदार दलहरूको लाइन क्लियर हुँदैन तबसम्म नयाँ–पुरानो के अर्थ हुन्छ र ? को कता भन्ने लाइन क्लियर भएको छैन, तर प्रधानमन्त्रीले सार्वजनिकरूपमा नै कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्ने धारणा राख्नुभएको छ ।”

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् । 

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरुले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ