arrow

कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा थप सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
chandra-bhandari-health.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वाथ्यमा थप सुधार भएको छ । गत हप्ताको बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा राम्रोसँग सुधार देखिएको हो । 

अस्पतालबाट जानकारी दिँदै भण्डारीका पूर्व स्वकीय एवं त्रिचन्द्र क्याम्पसका लेक्चरर माधव न्यौपानेले नेता भण्डारीको स्वास्थ्य सुधारिएकाले चिन्ता लिनु नपर्ने अवस्थामा रहेको बताएका छन् । 

उनले अस्पतालमा आएर भेट्न खोज्नेहरु उल्लेख्य भए पनि अस्पतालले डढेको भागमा उच्च संक्रमणको जोखिम रहने भएकाले अस्पतालले कसैलाई पनि भेट्न नदिइएको बताएका छन् । 

आठ दिनको अवधिमा डा. भण्डारीको स्वास्थ्यमा निकै नै सुधार आएकोसमेत चिकित्सकहरुको भनाइलाई उधृत गर्दै त्यहाँबाट बताइएको छ । 

डा राधिका र स्मृतिले बिहीबार राति स्थानीय समयअनुसार ८ः४५ बजे गरेको अपडेटअनुसार अवस्था निकै नै राम्रो हुँदै गइरहेको छ । 

अक्सिजन बुधबार दिए जत्ति नै दिइएको छ । त्यस्तै पिसाब सामान्य गतिमा भइरहेको छ । खुट्टाको दोस्रो ड्रेसिङ आज गरिएको छ । घाउ पनि स्वस्थ्य रहेको छ । शरीरले ग्राफ्टलाई राम्रोसँग प्रतिक्रिया दिइरहेको छ । अहिलेसम्म कुनै जटिलता देखिएको छैन । 

चिकित्सकका अनुसार डा. भण्डारीले राम्रोसँग कुरा गरिरहेका छन् । अवस्था सबै ठीक छ । अवस्थासमेत राम्रोसँग सुधारिएको छ । 

गत हप्ताको बुधबार राति ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा जलेका भण्डारीको स्वास्थ्यमा उल्लेख सुधार भए पनि उनकी आमाको भने अर्को दिन बिहान नै निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ