arrow

यो शताब्दीमा पहिलो पटक बार्सा युरोपा लिगको अन्तिम १६ मा पुगेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
manutd-barcelona-2023-02-24.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । नकआउट चरणको प्ले अफको दोस्रो लेगमा स्पेनिश क्लब बार्सिलोनालाई २–१ ले हराउँदै म्यानयू अन्तिम १६ मा पुगेको हो । 

बिहीबार राति भएको खेल जितेसँगै म्यानयू समग्रमा ४–३ को जितसहित अन्तिम १६ मा प्रवेश गरेको हो । यसअघि क्याम्पनाउमा भएको पहिलो लेगमा दुवैले २–२ को बराबरी खेलेका थिए । 

ओल्ड ट्राफोर्डको घरेलु मैदानमा भने म्यानयुले बिहीबार राति एक गोलको अग्रता उल्टाएर जित निकाल्यो । खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई शुरुआती अग्रता दिलाए ।

खेलको ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै म्यानयूलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै २–१ को जित दिलाए ।

यो हारपछि पहिलो पटक बार्सा यो शताब्दीमा युरोपा लिगको अन्तिम १६ मा पुग्न सकेन । यसअघि सन् १९९८–९९ को सिजनमा पनि बार्सा युरोपा लिगको अन्तिम १६ मा पुग्न सकेको थिएन । 

त्यसयता बार्सा कि त च्याम्पियन्स लिग या युरोपा लिग खेल्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ