arrow

राष्ट्रपतिलाई रस्साकस्सी

टुङ्गो न बुङ्गोमा चार दल

साँझ ५ बजे बैठकबाट निर्णय निस्किने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
deuba-prachanda-nepal-yadav.jpg

काठमाडौं । राष्ट्रपति चयनका लागि निर्णायक वार्ता गर्न बसेको चार दलको बैठक कुनै पनि निष्कर्ष ननिकाली सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष ननिस्की सकिएको हो । अब साँझ ५ बजे बैठकबाट निर्णय निस्किने सम्भावना रहेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साँझ ५ बजे पुनः बैठक बसेर अन्तिम निष्कर्ष दिइने जानकारी दिएका छन् ।  महामन्त्री थापाले भने, “हामीले सबै दलसँग छलफल गर्दै आएका थियौँ, सोही क्रममा आज चार दलका बीचमा छलफल भएको हो, आजको छलफल सकारात्मक छ, हामी एउटा टुङ्गोमा पुग्छौँ ।”
 
आआफ्ना दलबीच पुनः छलफल गरेर बैठक पुनः साँझ ५ बजे बस्नेछ । बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको सहभागिता थियो ।

यसअघिको सहमतिअनुसार नेपाली कांग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा कांग्रेस रहेको छ । तर सत्तारुढ गठबन्धनको सहमतिअनुसार एमालेले राष्ट्रपति पाउनु पर्छ भन्ने रहेको छ । प्रचण्डले राष्ट्रिय सहमति भन्दै आइरहँदा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा निर्णय गर्छन् भन्ने अहिलेसम्म यकिन भएको छैन ।

प्रचण्डले कांग्रेसबाट राष्ट्रपति हुँदा सभापति शेरबहादुर देउवा नै राष्ट्रपति भइदिए हुन्थ्यो भन्ने खोजेका छन् । एमालेले आफ्नो पार्टीको नभए माधव नेपाल भए पनि राष्ट्रपति हुँदा फरक नपर्ने बताएको छ । तर त्यसका लागि उसले नेकपा एस र एमालेबीच पार्टी एकीकरणको प्रस्ताव अगाडि सारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ