arrow

कांग्रेससँग सहकार्य गर्न सकिने एमाले उपमहासचिव ज्ञवालीको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
pradip-gyawali-2022.jpg
तस्बिर – फाइल ।

पाँचथर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका लागि कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । 

ग्रासरुट अभियानको उद्घाटन गर्न पाँचथर आइपुगेका ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने बताएका हुन् । 

राष्ट्रपतिमा कांग्रेस र एमाले दुवैले दाबी गरिरहेका छन् । तर राष्ट्रपतिको निर्वाचनबाटै कांग्रेससँग सहकार्य गर्न सकिने उपमहासचिव ज्ञवालीले बताएका हुन् ।

राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता भोलिका लागि तोकिएको छ । अघिल्लो दिन शुक्रबार ज्ञवालीले राजनीतिक अस्थिरता अन्त्यका लागि तयार भए कांग्रेससँग सहकार्य हुने बताए । 

राजनीतिक स्थिरताका लागि एमाले जोसुकैसँग सहकार्य गर्न तयार हुने बताएका उनले नेपालमा राजनीतिक अस्थिरता देशी विदेशी शक्ति क्रियाशील रहेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ