arrow

प्रचण्ड–ओली वार्ता निष्कर्षविहीन, माधवलाई सघाउन तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
prachanda-oli-baluwatar-2079-11-10.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ । 

करिब दुई घण्टा वार्ता भए पनि निचोड भने केही पनि ननिस्केको बालुवाटार स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको नाम सहमति भएर आए आफूहरुले पनि सघाउन तयार रहेको बताएका छन् । 

ओलीले माधवसँग गत आइतबार चार घण्टा लामो वार्ता गरेका थिए । सो वार्तामा माधवलाई राष्ट्रपति बनाउने तर पार्टी एकता हुनुपर्नेमा उनको जोड थियाे । यही विषयलाई लिएर प्रचण्ड भने सस‌ंकित छन् । पार्टी एकता हुनासाथ प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर आफू प्रधानमन्त्री बन्ने ओलीको चाल हुनसक्ने उनको बुझाइ छ । 

तर उनले नेपाली कांग्रेसको उम्मेदवारलाई भने एमालेले सघाउन नसक्ने भन्दै त्यसो भएका खण्डमा आफूहरुले छुट्टै उम्मेदवार खडा गर्नेसमेत बताएका छन् । 

प्रचण्डले भने फेरि एमाले र माओवादी केन्द्र मिलेर नेकपा व्युँताउनु पर्नेमा जोड दिएका थिए । 

ओलीले भने पहिले राष्ट्रपतिको टुंगो लगाउँ त्यसपछि मात्रै पार्टी एकताका कुरा गरौंला भनेपछि उक्त छलफल बिना निष्कर्ष टुंगिएको हो । 

भोलि राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्ने दिन हो । तर अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन । 

यसअघि बिहानदेखि लामो समय माओवादी केन्द्र, कांग्रेस, नेकपा एस र जसपाका नेताहरु बालुवाटारमै छलफलमा रहेका थिए । 

अहिले फेरि चारै दलका शीर्ष नेताहरु बालुवाटारमा भेला भइसकेका छन् । यो भेलाले साझा उम्मेदवारको टुंगो लगाउने दाबी गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ