arrow

पाकिस्तानले भारतलाई यस्तो जवाफ फर्कायो ?

कश्मिर अत्याचारबाट चोखिन भारतले दुश्प्रचार गरेको पाकिस्तानको आरोप

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
Pakistan-Flag.jpeg
एजेन्सी । पाकिस्तानले कश्मिरमा भइरहेको अत्याचारबाट चोखिन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ । 
 
पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दे भारतले पटक–पटक पाकिस्तानलाई आतंकवाद फैलाएको आरोप लाएपनि त्यसको पाकिस्तानले सधैं खण्डन गर्ने गएको बताएको छ ।
 
भारतीय प्रधानमन्त्री मोदीले शनिबार केरेलास्थित एक सभालाई सम्बोधन गर्ने क्रममा पाकिस्तानीविरुद्ध अभियानलाई थप उजागर गर्ने किसिमको उत्तेजक अभिव्याक्ति प्रकट गर्नु र पाकिस्तानमाथि निराधार अभियोग लगाउनु दुर्भाग्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
 
मोदीको चर्को अभिव्याक्तिपछि पाकिस्तानले उल्टो भारतले पाकिस्तानको धेरे स्थानमा आतंकवादी गतिविधी बढाएको आरोप लगाएको छ ।  साथै भारतले कश्मिरमा मानव अधिकार हनन हुने गतिविधी गरेको र त्यसको अन्तर्राष्ट्रिय मुलुकहरु र सयुक्त राष्ट्र संघले समेत राम्रो ख्याल गरेको पाकिस्तानले जनाएको छ । 
 
उरी हमलालाई लिएर भारत र पाकिस्तानबीच चर्को आरोप प्रत्यारोप चलिरहेको छ । योसँगै यी दुई राष्ट्रबीच लडाँइ हुने खतरा झन बढेको छ । उरी हमलामा १८ जना भारतीय सैनिक जवानको मृत्यु भएको थियो भने जवाफी कार्वाहीमा ४ जना बन्दुकधारी विद्रोही समेत मारिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ