arrow

जसपाको औपचारिक निर्णयः राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
JasAPA.png
तस्बिर – फाइल ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । 

शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिए ।

 ‘आठ दलको सहमति अनुसार कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ, पार्टीवाट उपराष्ट्रपति को हुने त्यो भने टुंगिएको छैन’ उनले भने । 

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै बसेको जसपाको बैठकले समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । 

कांग्रेस उम्मेदवारलाई औपचारिक रुपमा समर्थन गर्ने जसपा नेपाल पहिलो पार्टी हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ