arrow

राष्ट्रपति निर्वाचन

आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
ram-chandra-paudel-president-2023.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका लागि आठ दलका साझा उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाउने निर्णय गरेसँगै उनी आठ दलका साझा उम्मेदवार बन्ने भएका हुन् । 

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पौडेलको नाम राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गरेका थिए ।

त्यसपछि बैठकले पौडेलको नाममा निर्णय गरेको शर्माले बताए । शर्माले यसअघिदेखि नै पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिका लागि प्रयास नगर्न आग्रह गर्दै आएका थिए । 

राष्ट्रपतिका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । 

यसअघि हिजो बेलुकी आठ दलले कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा सघाउने निर्णय गराएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ