- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । अहिले खोकना बुङ्गमती क्षेत्र छिर्नासाथ पहेँलै पहेँलो देख्न सकिन्छ । त्यो पहेलपुर तोरीबारीको हो । हो, खोकनामा तोरीबारीले एकदम सौन्दर्य देखिएको छ ।
खोकनादेखि बुङ्गमतीसम्म तोरीका बारी र खेतहरु प्रशस्त देख्न पाइन्छ । जाडो महिना किसानहरु बारीमा कतै गोड्न त कतै तरकारी बारीमा काम गरिराखेको देख्दा काठमाडौं जस्तो शहरीकरणबाट निकै टाढा कुनै गाउँ आए जस्तो हुन्छ खोकना क्षेत्र ।
यहाँ तोरीको तेल किन्नलाई विभिन्न स्थानबाट ग्राहक आउने गर्छन् । तर तोरी खेती पहिला भन्दा कम भएको छ ।
खोकना क्षेत्रमा बढ्दो प्लटिङ्गले गर्दा समस्या उब्जिएको छ । तर खोकना बुङ्गमती क्षेत्रका स्थानीयले भने आफ्नो पहिचान चाहीँ जोगाउने जोडमा लागेको देखिन्छ ।
पुरानो नेवार वस्ती र यहाँको खेती किसानीले पनि खोकना, बुङ्गमती क्षेत्र परिचित छ ।