arrow

यस्तो दोष लगाउँदै सरकारबाट बाहिरियो राप्रपा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
rpp-raprapa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको बताएको छ । पुरानो गठबन्धनमा भएको सहमति विपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएको भोलिपल्ट राप्रपाले सो टिप्पणी गरेको हो । 

आज बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारवाट बाहिरिने निर्णयसमेत लिएको छ । ‘शुभेच्छुकहरुको ठूलो पंक्तिको असहमतिबीच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निमार्ण, राष्ट्रियता, विकास, सुशासन, सेवा प्रबाह र स्थिरतालाई मुल आधार बनाएर २०७९ पुस १० गते राप्रपासमेतको समर्थनमा बर्तमान सरकार गठन भएको हो,’ राप्रपाले भनेको छ, ‘यसै पृष्ठभूमिमा माघ ३ गते हामी सरकारमा सहभागी भइ क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धेकेलिएको छ । यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामानिहीत अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ ।’


परिवर्तित सन्दर्भमा सरकारमा रहिरहनु उचित नभएको पनि राप्रपाको ठहर छ । ‘परिवर्तित सन्दर्भमामा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजैबाट सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारवाट बाहिरिने निर्णय गरेका छौं,’ आकस्मिक रुपमा बसेको बैठकको निर्णयमा भनिएको छ, ‘साथै प्रदेश सरकारमा पनि राप्रपाले यसै बमोजिमको दृष्टिकोण रहेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिने र सरकारबाटसमेत बाहिरिने निर्णय गरेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ