arrow

सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
subash-nemwang-2079-11-13.jpg

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदका लागि पार्टी उपाध्यक्ष  सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सचिव योगेश भट्टराईका अनुसार नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शनिबार बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लामो समयदेखि राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चामा रहेका नेम्वाङलाई एमालेले अघि सारेको हो । 

उनले आफू राष्ट्रपति बन्न पार्टी र नेताहरुसँग छलफल गर्दै आएका थिए । बैठकले तत्कालै सरकारबाट नबाहिरिने र पुस १० को सहमतिलाई पर्खिने निर्णय गरेको छ ।

पुस १० को सहमति कायम राख्ने र त्यसपछि मात्रै के गर्ने भन्ने निर्णय गर्ने पनि सचिव भट्टराईले जानकारी दिए ।

एमालेको यो निर्णयसँग भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबचि प्रतिस्पर्धा हुने भएको छ । आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरेपछि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो ।

गत १० पुसको सहमति तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने हिजो निर्णय लिएका थिए । 

गठबन्धन तोडेर माओवादी कांग्रेससँग नयाँ गठबन्धन गर्न गएको भोलिपल्ट एमालेले सचिवालय बैठक डाकेर नेम्वाङलाई उम्मेदवार बनाएको हो ।  

निर्वाचन आयोगले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गर्ने समयसीमा तोकिएको छ । 

निर्वाचन भने २५ फागुनमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ