arrow

राप्रपाका मन्त्रीहरुले बुझाए राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
prachanda-raprapa-mantri.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाएका छन् । शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका छन् ।

यसअघि बिहान मात्रै बसेको पार्टीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपा गत माघ ३ गते यो सरकारमा सामेल भएको थियो । 

हिजो राप्रपाले राष्ट्रपतिको निर्वाचनमा कसैको प्रस्तावक पनि नबन्ने र समर्थक पनि नबस्ने निर्णय गरेको थियो । हिजै प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले समर्थन गर्न नसकिने बताएपछि प्रचण्डले पनि झोँक्किएर ‘सरकार पनि छाडे भयो नि त त्यसो भए ?’ भनेपछि राप्रपा अताल्लिएको थियो । 

सोही विषयमा छलफल गर्दै आज सरकारबाट बाहिरिने निर्णय गरेको थियो । राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस र नेकपा एससँगै जसपालाईसमेत सरकारमा लैजान सजिलो भएको छ । 

नेकपा एमालेले भने फागुन २५ सम्म सरकार नछाड्ने बताएसँगै प्रचण्डलाई केही दिन समस्या हुने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ