arrow

रहिनन् जसपा सांसद सहनाज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
sahanaj-rahaman-jasapa-samsad-died.jpg

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालकी सांसद सहनाज रहमानको निधन भएको छ । उनको हृृदयघातका कारण मृत्यु भएको छ । जसपा सांसद प्रदीप यादवका अनुसार पार्टीको उपत्यकामा बस्नेहरुलाई समेटेर बनाइएको भ्रातृ संस्था गैर भौगोलिक एकाइले आयोजना गरेको पिकनिकमा भक्तपुर गएकी सांसद रहमान खाना खाए लगत्तै ढलेकी थिइन् । 

उनलाई तत्काल मध्यपुर अस्पताल पुर्याएको केही बेरमा चिकित्सकले मृत घोषित गरेका थिए । झापाकी सांसद रहमान जसपाकी समानुपातिक सांसद थिइन् ।

यादवले सामाजिक संजालमा लेखेका छन्– 
हार्दिक श्रद्धांजलि 
जनता समाजवादी पार्टी की प्रतिनिधी सभा सदस्य माननीय सहनाज रहमानज्यु को असामयिक निधनको खबरले स्तब्ध बनाएको छ ।  उॅंहाको निधनले पार्टी तथा आम मतदातालाई अपुरणीय छती पुगेको छ । मृत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार प्रति धैर्य धारन गर्ने  क्षमता ईश्वरले प्रदान गरुन् । उॅंहा प्रती हार्दिक श्रद्दासुमन अर्पण गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ