arrow

ओबामाद्वारा अफ्रिकी-अमेरिकी सङ्ग्रहालयको उद्घाटन

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
Obama-African-American-museum.jpeg
वासिङटन (अमेरिका)। अमेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार अफ्रिकी मूलका अमेरिकीको इतिहास र संस्कृति बोकेको सङ्ग्रहालयको वासिङटनमा शनिबार उद्घाटन गरेका छन् । 
 
अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति ओबामाले उद्घाटन गरेको सो सङ्ग्रहालयले अफ्रिकी मूलका अमेरिकीको इतिहास र संस्कृतिलाई झल्काउने बताइएको छ । उक्त सङ्ग्रहालय भवन वासिङगन नेसनल मलको परिसरमा झन्डै ३७ सय वर्गमिटर क्षेत्रफलमा बनेको छ । 
 
यद्यपी सङ्ग्रहालयको उदघाटन कार्यक्रममा राष्ट्रपति ओबामाले यो सङ्ग्रहालय सिङ्गो अमेरिकाको इतिहासबाट छुट्याएर अफ्रिकी अमेरिकीको मात्रै ईतिहास झल्कने बनाउन नखोजिएको प्रष्ट पारेका छन् । “यो अमेरिकाको कुनै भाग मात्रै होइन । यो अमेरिकाको इतिहास मै केन्द्रीत छ,”– ओबाामाले भने । 
 
“यो देशलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउन हामीले हुर्किँदै सिक्दै धेरै मेहनेत लगानी गरेको छौं, यो नै अमेरिकीको इतिहास हो, यो सबै यस सङ्ग्रहालयले भन्छ,” – ओबामाले भने । 
 
ओबामाले उद्घाटनकै क्रममा यो विश्व समूदायकै लागि खुल्ला भएको घोषणा गरेका छन् । ओबामा राष्ट्रपति कार्यकालको अन्तिम चरणमा पुगेका छन् । उनले श्वेत प्रहरीले अश्वेत नागरिकलाई गोली हानेको प्रसङ्ग पनि सम्वोधनका क्रममा जोडे । सङ्ग्रहालयले मात्रै अहिलेसम्म कायम विभेद हटाउन नसक्नेमा जोड दिँदै ओबामाले अझैपनि यस बारेमा बहस गरिरहनु आवश्यक रहेको बताए । 
 
उदघाटन समारोहमा ओबामा र पूर्वराष्ट्रपति जर्ज डब्लु बुस पनि सहभागी थिए । बुसले सन् २००३ मा उक्त सङ्ग्रहालय निर्माणसम्बन्धी कानुनमा हस्ताक्षर गरेका हुन् । 
 
अफ्रिकाबाट दास किन्न प्रयोग गरिएका व्यापारिक वस्तु, सन् १९२० ताका श्वेत र अश्वेतका लागि छुट्टाछुट्टै बस्ने स्थान भएको रेलका डिब्बालगायतका सामग्रीहरु सङ्ग्रहालयमा राखिएका छन् । सङ्ग्रहालयमा करिब ३६ हजार सामग्रीहरु रहेको अधिकारीले बताएका छन् ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ