arrow

पनौतीमा पाँच कवि सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
sahitya.png

काभ्रे । काभ्रेको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन कार्यक्रममा कवि रविन्द्र आशिष शैली, ध्रुवनारायण जोन्छें, सिता विष्ट कार्की, श्रीराम राई र  बसन्त नकर्मीलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्राडा विष्णु एस राईले नगदसहित सम्मान गरेका हुन् ।

यस्तै गोष्ठीमा स्थानीय कवि मीरा पौडेलको ‘देखेको कथा’ र सुभद्रा दाहालको ‘मनको आँखा’ नामक पुस्तकको पनौतीका नगर प्रमुख रामशरण भण्डारीले लोर्कापण गरेका छन् । सो अवसरमा विभिन्न स्थानबाट आएका तीन दर्जन कविले आ–आफ्ना काव्य वाचन गरेका थिए । काव्य वाचकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा  साहित्यकार एवं अक्षरमालाका अध्यक्ष सूर्यप्रसाद लाकाजु, साहित्यकार तुयुकाजी ताम्राकार, पनौती साहित्य समाजका अध्यक्ष सुभद्रा दाहाल, इन्द्रेश्वर क्याम्पस प्रमुख श्रीकुमार सुवाललगायतले काव्य कृतिका विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ