arrow

एमालेलाई राष्ट्रपतिमा सघाउन नसक्ने एसको भनाइ, संवादको ढोका खुलेको प्रतिक्रिया 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
uml-ncp-as.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर संवादको ढोका खोलेको बताएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् ।

 ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रुपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ,’ पत्र पाएपछि खतिवडाले भने, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ  राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण  निर्माण हुन सक्दछ ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उम्मेदवार  सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न अनुरोध पत्र लेखेका थिए । 

सो पत्र पाएपछि जवाफमा प्रवक्ता खतिवडाले राजनीतिक संवादको ढोका खोलेका बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ