arrow

केपीले प्रचण्डलाई व्यङ्ग्य गर्दै भने – उहाँ दाम्लो चुँडाएर जान खोज्ने, कतिञ्जेल रोक्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
kp-sharma-oli-2079-11-14.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो वचनमा प्रधानमन्त्री पुष्पकमल प्रचण्ड पक्का नरहँदा  राजनीतिक अस्थिरता बढेको बताएका छन् ।

राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले वचन फेर्ने पुरानो बानी नसुध्रिएको पनि आरोप लगाए । 

‘प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै।  उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो– दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिन त सक्दिन, कतिञ्जेल रोक्ने ?’ ओलीले प्रचण्डको ब्यवहार प्रति कटाक्ष गर्दै भने ।

माओवादी अध्यक्ष प्रचण्ड धोका दिने मान्छे भनेर आफूले पहिलादेखि नै चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुध्रिएको आरोप लगाए ।

‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ । एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ । प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्कि हाल्नुहुन्छ’ ओलीले भने ।

उनका अनुसार १० पुसमा भएको सहमति तोडेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन खोजेको बताउँदै ओलीले २५ फागुनसम्म सहमतिमा आउन सक्ने भन्दै प्रतिक्षा गरिरहेको बताए ।

केपी ओलीको यो कटाक्षपछि अब एमालेसँग माओवादीको सम्बन्ध बनिरहने सम्भावना तत्काललाई देखिएको छैन । एमालेले अझै पनि केही हुन सक्ने भन्दै सरकारलाई दिएको समर्थन भने फागुन २५ सम्म कायमै राख्ने निर्णय गरेको छ । साथै एमालेका नेताहरुलाई कांग्रेस बाहेकका दलका नेताहरुप्रति टिप्पणी नगर्न मौनअवधि लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ