arrow

केएमसीले गर्‍यो अछाममा नौ हजार बढी बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
kmc-check-up-achham.jpg

अछाम । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अछाम जिल्लाका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट नौ हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् । पञ्चदेवल विनायक नगरपालिका, मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकामा पाँच दिन सञ्चालन गरिएको शिविरमा ९ हजार १ सय ७८ बिरामीले निःशुल्क उपचार पाएका हुन् ।

पञ्चदेवल विनायक नगरपालिकासँग सहकार्य गरेर विनायकमा सञ्चालन गरिएको दुई दिने शिविरमा ३ हजार ७ सय ६२ बिरामीको निःशुल्क उपचार गरिएको छ । मंगलसेन नगरपालिकासँग सहकार्य गरेर अछाम बहुमुखी क्याम्पसमा गरिएको एक दिने शिविरमा २ हजार १ सय ३१ बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् । 

पालिकासँग सहकार्य गरेर कमलवजार नगरपालिकामा गरिएको दुई दिने शिविरमा ३ हजार २ सय ८५ बिरामी लाभान्वित भएका छन् । तीन शिविरमा १ हजार ७ सय २ जनाको भिडियो एक्सरे, १ हजार ३ सय ६९ विरामीको रक्त परीक्षण, ७ सय ६८ विरामीको इसीजी र ५ सय ३७ विरामीको इको गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यहाँ उपचार सम्भव नभएका ४०६ जना बिरामीलाई थप उपचारका लागि केएमसी बोलाइएको छ । शिविरबाट रिफर भएका सबै बिरामीलाई केएमसीका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । 

उनीहरुलाई अस्पतालसम्म जान स्थानीय पालिकाले सहयोग गर्ने भएका छन् । शिविरमा केएमसीका १८ जना बिशेषज्ञ डाक्टरहरुको टोली गएको थियो । काठमाडौंबाट विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि शिविरमा बिरामीको भीड लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ